एमसीसीको बिरोधमा एकीकृत समाजवादीद्वारा नुवाकोटमा प्रदर्शन



नुवाकोट,फागुन १ । एमसीसीको बिरोधमा एकीकृत समाजवादी पारिनेद्वारा नुवाकोटमा विरोध प्रदर्शन भएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको सम्भौताको बिरोध गर्दै फागुन १ गते देशभर विरोध प्रदर्शन गरेको हो ।

आइतबार जिल्लाको सदरमुकाम विदुर तथा बट्टार क्षेत्रमा प्रदर्शन गरिएको युवा संघकाे स्थायी कमिटिसदस्य तथा नुवाकाेट ईन्चार्ज उद्धव पनेरुले बताए । सो कार्यक्रममा युवा संघका नुवाकाेटका अध्यक्ष सुरेश अधिकारी, अनेरास्ववियू नुवाकाेट संयाेजक ओम प्रकाश श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्