समाजवादी प्रेस संगठन धादिङमा ढुंगाना



धादिङ,फागुन २ । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन धादिङको जिल्ला कमिटी  गठन गरिएको छ ।

सोमबार धादिङको बैरेनिमा आयोजित प्रथम जिल्ला भेलाले राजकुमार ढुङ्गानाको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा  सिर्जना खनाल, सचिवमा विवेक अर्याल, सहसचिवमा भोला देवकोटा (परिवर्तन), कोषाध्यक्षमा भरत रेग्मीलाई चयन गरिएको छ । सदस्यहरुमा राजेश रम्तेल, किरण पराजुली, आकांक्षा अर्याल, कमल तामाङ, सरिता तामाङ, विकल चेपाङ, दिनेश बुढाथोकी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्