वाग्मती प्रदेशमा तीनदिन प्रजातन्त्र दिवस मनाइने



काठमाडौं,फागुन ३ । वाग्मती प्रदेशभर यसवर्ष प्रजातन्त्र दिवस तीनदिन मनाइने भएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको वैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

वैठकले मुख्यमन्त्री पाण्डेको सभाध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ । समितिमा मन्त्री, मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सञ्चारकर्मीलाई समेटिएको छ । वाग्मती प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रशासन शाखा प्रमुख पेशलकुमार पोखरेलका अनुसार ६ गते सार्वजनिक स्थल सरसफाइ, ७ गते साइकल र्‍याली र सभा तथा ८ गते नेपालको राष्ट्रिय झण्डात्तोलन गर्ने कार्यक्रम तय गरिएको छ । तीनदिनै दीपावली गरिने उनले बताए ।

‘सञ्चार क्षेत्रबाट परिसंवाद कार्यक्रम सञ्चालन गर्ने र प्रचारप्रसारको जिम्मेवारी पत्रकार महासंघ वाग्मती प्रदेश समितिलाई दिइएको छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्