यस्तो छ नुवाकोटमा बन्द प्रभाव, शिक्षण संस्था, यातायात ठप्प



नुवाकोट,फागुन ४ । नुवाकोटमा बन्द प्रभाव सामान्य रहेको छ । देशव्यापी बन्द भएपछि यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् ।

एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण जिल्लाको पुर्वी क्षेत्रका धेरै जसो विद्यालय बन्द भएको छ ।

बन्द आह्वानसंगै यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् । जिल्लाको पूर्वी क्षेत्रमा छहरे-टोखा र मध्यपहाडी सडक सुनसान प्राय भएको छ ।

प्रतिक्रिया दिनुहोस्