दाङमा छोराले गरे आफ्नै बुवाको हत्या
दाङ,फागुन ४ । दाङमा एक युवाले आफ्नै बुवाको घाँटी रेटेर हत्या गरेका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी २० वर्षीय गोपाल पुनमगरले बुवा ६३ वर्षीय कर्णबहादुर पुनको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले बताए ।
बुधबार दिउँसो पानीको गाग्री बोकेर घर आएका बुवामाथि पुनले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए ।
प्रहरीका अनुसार पुनलाई नियन्त्रणमा लिइसकिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

