नुवाकाेटमा एक युवकले सडकमा भेटेकाे दुई लाख पैसा सम्बन्धितलाई फिर्ता दिए



नुवाकाेट,फागुन ४ । नुवाकाेटमा एक युवकले सडकमा भेटेकाे दुई लाख पैसा सम्बन्धितलाई फिर्ता दिएका छन् ।

जिल्लास्थित विदुरका सुन्दर श्रेष्ठले सडकमा भेटेकाे दुई लाख ४ हजार रुपैयाँ नगद सम्बन्धित ब्यक्तिलाई फिर्ता दिई उदाहरणीय काम गरेका हुन ।

मंगलबार लिखु गाउँपालिका वडा नम्बर १ का बुद्धि ढकालले यात्राका क्रममा हराएकाे झाेला र पैसा विदुर नगरपालिका वडा नम्बर ५ का श्रेष्ठले फेला पारेका थिए । फेला पारेको रकम श्रेष्ठले सम्बन्धित ब्यक्तिलाई नै फिर्ता गरेका हुन । नगद भेटिएपछि ढकाल हर्षित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्