जंगलमा भेटीयो गर्भवती महिलाको शव



महोत्तरी,फागुन ४ । महोत्तरीको सागरनाथ जंगलभित्र बुधबार दिउँसो एक महिला मृत अवस्थामा भेटिएकी छिन्। गौशाला नगरपालिका १२ स्थित रेल्वे लिकभन्दा ५ सय मिटर अगाडि पहिचान खुल्न नसकेकी एक २५ वर्षीय महिलाको शव फेला परेको हो।

गर्भवती अवस्थामा रहेकी सो महिलाको घाटीमा डाम रहेकोले कसैले हत्या गरी जंगलमा फालेका हुनसक्ने प्रहरीको अनुमान रहेको छ।

प्रहरीले घटनाको सम्बन्धमा सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताएका छन्। शवको मुचुल्का उठाई पोष्टमार्टमको लागि जलेश्वर ल्याउने तयारी भईरहेको डिएसपी विष्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्