बालाजुमा बसको ठक्करबाट दुई जनाको मृत्यु, बस चालक फरार



काठमाडौं, फागुन ५ । बालाजुमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । काठमाडौंको बालाजु गंगाहल अगाडी मिनिबसले बाटो काट्दै गरेका दुईजना पैदल यात्रुलाई किचेर फरार भएको हो ।

मिनिबसले किचेर दुबै जनाको मृत्यु भएको छ । विहान ६ बजे आसपास रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र ५० वर्षीया महिलालाई किचेर मिनिबस फरार भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार ठक्कर दिने मिनिबसको नम्बर खुल्न सकेको छैन् । मिनिबसको ठक्करबाट घाईते भएका उनीहरुको उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्