समाजवादी प्रेस संगठन नुवाकोटमा जमुना गजुरेल



नुवाकोट,फागुन ५ । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नुवाकोटको जिल्ला कमिटी गठन गरिएको छ । बिहीबार विदुरमा आयोजित प्रथम जिल्ला भेलाले जमुना गजुरेलकाे अध्यक्षतामा ११ कार्यसमिति चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा हरिराम भेट्वाल, सचिवमा राम्मणी अधिकारी, कोषाध्यक्षमा दिपक थापालाई चयन गरिएको छ । सदस्यहरुमा बिपस्ना बस्नेत,हरिजगं पाण्डे,सृर्जन पाैडेल,मनाेज न्याैपाने,सुबास भट्ट रहेका छन्। साथै उक्त भेलाले समाजवादी प्रेस संगठन बाग्मती प्रदेश कमिटि सचिवकाे संयाेजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएकाे छ। सदस्यहरुमा राजकुमार अर्याल (पुत्ला) र उत्तम श्रेष्ठ रहेका छन्।

कार्यक्रमकाे प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश कमिटी सदस्य यमकुमार ख्याती,विशेष अतिथिमा पार्टी उपसचिव उद्वव पनेरु,आर्थिक बिभाग प्रमुख रामकृष्ण राज भण्डारी,जिल्ला कमिटी सदस्य नारायण नेपाल,प्रकाश नेपाल,युवा नेता दिपेश चित्रकार लगाएतकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्