धरानमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो
सुनसरी,फागुन ५ । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित जंगलबाट झोलाभित्र एकजना मानिसको शव फेला परेको छ ।
वुधबार पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा बिहीबार शरीर पनि भेटिएको प्रहरीले जनाएको छ । जिल्लाको धरान–भेडेटार रोडको जंगलमा बुधबार दाउरा खोज्न जानेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
३०–३५ वर्षको जस्तो देखिने पुरुषको टाउको र खुट्टा भेटिए पनि सनाखत नभएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

