प्रेस चैतारी नुवाकोटको अध्यक्षमा नवदीप श्रेष्ठ
नुवाकोट, फागुन ५ । प्रेस चैतारी नेपाल नुवाकोट शाखाको अध्यक्षमा नवदीप श्रेष्ठ चयन भएका छन् ।
बिहीबार सम्पन्न छैटौ जिल्ला अधिबेसनबाट सर्वसम्मत रुपमा अध्यक्षमा नवदीप श्रेस्ठ,उपाध्यक्ष श्रीराम अधिकारी र सुशिला लामिछाने,सचिव सुनिल श्रेस्ठ, सहसचिव कृष्ण अधिकारी र पूजा तामाङ्ग,कोषध्यक्षमा केदार ढकाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा कृष्णप्रसाद ढुङ्गाना, लोक बहादुर पुडासैनी, किशोर ओली, सङ्गीता लामिछाने लगायत चयन भएको बताइएको छ ।

