वाग्मती प्रदेश सरकार: उपसभामुख तामाङ अमेरिकामा हुने अवार्ड कार्यक्रममा सहभागी बारे छलफल



काठमाडौं,फागुन ५ । वाग्मती प्रदेश सरकारको बिहीबारको बैठक सम्पन्न भएको छ । मन्त्रिपरिषद्को सो बैठकले वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले संयुक्त राज्य अमेरिकामा हुने फिल्म अवार्ड कार्यक्रम सहभागीबारे छलफल भएको छ ।

सो कार्यक्रममा सहभागिताका लागि उपसभामुख तामाङले दिएको निवेदनमा सिफारिस गरी संघीय सरकारमा निर्णय गर्न पठाउने भएको हो । त्यस्तै प्रदेश सरकार कार्य सञ्चालन नियमावलीको अनुसूची हेरेफेर गरेर अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने प्रावधान सरकारले आजको बैठकमा थप गरेको छ ।

आवश्यकता अनुसार अवैतानिक र विज्ञ सल्लाहकार नियुक्त गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्