सासूको हत्या आरोपमा बुहारीसहित दुईजना पक्राउ



दाङ,फागुन ५ । दाङमा सासू  हत्या गरेको आरोपमा  बुहारी सहित दुई महिला पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँ निवासी ५५ वर्षिया ईन्द्रकुमारी घर्तीको हत्या  आरोपमा  उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँकी मृतककी बुहारी नातापर्ने बसन्ती घर्ती र २२ वर्षिया दुर्गा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

घरायसी विवादका कारण बसन्तीले सासुको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । बुहारीले सासुको टाउकोमा काठको मुङग्रोले हिर्काएर अचेत भए पश्चात छिमेकी दुर्गाको सहयोगमा घरनजिकैको खोल्सामा फालेको अवस्थामा शव भेटिएको डिएसपी रिजालले बताए ।

बुधबार विहान ईन्द्रकुमारी छिमेकीको घरमा न्वारन खान गएको र साँझ अवेर सम्म घर नआएपछि घरका आफन्तले खोजी गर्दा खोलामा रगताम्य अवस्थामा मृत शव फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्