कलंकी नजीकै दुई वटा कुकर बम भेटियो



काठमाडौं, फागुन ६ । कलंकी नजीकै दुई वटा कुकर बम भेटिएको छ । काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम फेला परेको हो ।

कलंकीस्थित ढुंगेअड्डामा झोलामा राखेको अवस्थामा बम भेटिएको हो । बम रहेको पत्ता लाग्ने वित्तिकै उक्त ठाउँलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घेरा हालेर सुरक्षित गरेको छ ।

बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । बम कसले राखेको हो भन्नेबारेमा भने खुलेको छैन । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेला राजधानीमा आतंक मच्चाउन बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्