बाँकेमा बाघको आक्रमणबाट एकको ज्यान गयो



बांके,फागुन ७ । बाँकेमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बाँकेका ६० बर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको हो । राप्ती पीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार बिहान ८ बजेतिर आक्रमण लगेको थियो ।

प्रहरीको टोली र स्थानीयहले खोजतलास गर्दा उनको शब १० बजेतिर फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्