फेवातालदेखि सराङकोटसम्म केबुलकार सञ्चालन
पोखरा,फागुन ७ । पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोट डाँडासम्म शुक्रबारदेखि केबुलकार सञ्चालनमा आएको छ ।
फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्न अन्नपूर्ण केबुलकार प्रालिले केबलकार सञ्चालन ल्याएको हो। केबुलकार पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो रहेको छ।
१३ वर्षअगाडि अध्ययन भएर २ अर्ब रूपैयाँभन्दा बढी लगानीमा निर्माण गरेको सो प्रालिले शुक्रबारदेखि व्यावसायिक सेवा सुरू गरिएको अन्नपूर्ण केबुलकार प्रालिका निर्देशक तीर्थ त्रिपाठीले बताए। उनले केबुलकारको क्षमता १ घण्टामा २ हजार मान्छे ओहोरदोहोर गराउने सक्ने जानकारी दिए। त्रिपाठीका अनुसार अहिले सञ्चालनमा आएको आधा क्षमताको मात्रै रहेको छ। अहिले १७ वटा केबल कार रहेको त्रिपाठीले जानकारी दिए। यसमा ३५ वटासम्म राख्न सकिने उनले बताए।

