होेटल ब्यबसायी संघ प्युठान नगर बजार इलाकाको अध्यक्षमा जीवन खनाल



प्युठान,फागुन ७ । होेटल ब्यबसायी संघ प्युठान नगर बजार इलाकाको अध्यक्षमा जीवन खनाल चयन भएका छन।
शनिबार सम्पन छैठौं साधारण सभा तथा तेस्रो अधिबेशनले खनाल अध्यक्ष रहेको नया कार्यसमिती सर्बसम्मत चयन गरेको हो ।

होटल ब्यबसायी संघको सभाहलमा सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा हेमन्त बुढाथोकी , सचिब शुरेश कुमार श्रेष्ठ , सहसचिब टंक बहादुर थापा र कोषाध्यक्षमा पोम नारायण भण्डारी चयन भएका छन । भने सह – कोषाध्यक्षमा सुधा के एम चुनिएकी हुन। त्यस्तै,सदस्यहरुमा तुलसी राम कुवर, भक्त नगरकोटी, बिन्दु बिष्ट, माधब शर्मा, भुवन एम सि, चन्द्र प्रसाद योगि, किसोर योगि, भुपाराम भण्डारी, पुर्ण बहादुर गमाल चयन भएका छन ।

कार्यक्रममा प्रमुख अथितीको रुपमा होटल ब्यबसायी महासंघ नेपाल का केन्द्रिय सचिब चन्द्रलाल न्यौपानको उपस्थित रहेको थियो । त्यस्तै अधिबेशनमा होटल ब्यबसायी संघका पुर्ब अध्यक्ष तथा लुम्बिनी प्रदेश महासचिव दधिराम भण्डारी होटल ब्यबसायी संघका अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य गंज बहादुर थापा लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्