नुवाकोटमा एमाले परित्याग गर्दै वडाअध्यक्षनै नेकपा समाजवादीमा प्रवेश
नुवाकोट,फागुन ७ । जिल्लामा नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्षनै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । बेलकाेटगढि वार्ड नं. १ मा एमाले वाट निर्वाचित वडा अध्यक्ष सुब्वा लामा नेकपा एकिकृत समाजवादी प्रवेश गरेका छन् ।
नेकपा एस बेलकाेटगढी नगर आयाेजक कमिटिकाे भेलामा लामा नेकपा एस प्रवेश गरेका हुन्।नेकपा एस पाेलिट्व्युराे सदस्य तथा नुवाकाेट ईन्चार्ज राजेन्द्र प्रकाश लाेहनीले लामा लाई पार्टीमा प्रवेश गराउदै सच्चा र ईमान्दारहरुकाे जमघट यहि नेकपा एसमा हुने भन्दै उचित जिम्मेवारी दिने बताउनु भयाे ।
नुवाकाेटकाे भुगाेलमा कम्युनिष्ट बनाउदै हिडेकाे स्मरण गराउदै जाेस,जाँगर र ईमान्दारिताका साथ संगठन निर्माणमा लाग्न कार्यकर्तालाई निर्देशन दिदै समग्र नुवाकाेट समाजवादिकाे किल्ला बनाउने वताउनु भयाे । प्रवेश कार्यक्रममा बेलकाेटगढी नगरपालिका-७ वाट काङ्ग्रेस परित्याग गरि रामचन्द्र राईकाे नेतृत्वमा ९ जना नेकपा एस प्रवेश गरेका छन् । त्यसैगरी बेलकाेटगढी-१३ वाट एमाले परित्याग गरि गणेश कुमार लाेहनी र कृष्ण प्रसाद पाण्डे नेकपा एस प्रवेश गरेका छन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी समाजवाका केन्द्रीय परिषद् सदस्य तथा जिल्ला कमिटी सदस्य सुर्य बहादुर कडेल,नेकपा एसका नेता अच्युत पाण्डे ,नेपाल कम्युनिष्ट पार्टी समाजवादीका जिल्ला उपाध्यक्ष शान्ता थापा,सचिव पदम उप्रेती,उपसचिव तथा खेलकुद विभाग प्रमुख उद्वव पनेरु,विदेश विभाग सचिव डा.शंकर खतिवडा,आर्थिक विभाग प्रमुख रामकृष्णराज भण्डारी,जिल्ला कमिटि सदस्य प्रकाश नेपाल, नारायण नेपाल, दिपेश चित्रकार,प्रदेश सदस्य उपेन्द्र खनाल,युवासंघका नेता नवीन न्याैपाने,सुनिल चित्रकार,प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष राजु तिमल्सिना लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

