नुवाकोट किस्पाङमा बस दुर्घटना ६५ भन्दा बढी घाइते
नुवाकोट,फागुन ८ । नुवाकोटमा बस दुर्घटना भएको छ । जिल्लाको किस्पाङमा प्रदेश नम्बर ३-०१ ००६ ख १५४१ नम्बरको बस दुर्घटना भएको हो । सो बस दुर्घटनामा ६५ भन्दा बढी यात्रु घाइते भएका छन् ।
कतिपय घाइतेलाई त्रिशुली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्रिशुली अस्पताल लगिएको बिरामीको उपचार थालिएको एक प्रहरी जवाफले साझापथलाई बताएका छन् ।
शारीरिक रुपमा अत्यन्तै संवेदनशील ७ जना बिरामी एम्बुलेन्समार्फत काठमाडौ रिफर पठाइएको छ । गम्भीर अवस्थाका ४ जनालाइ घाइतेलाई थप उपचारको लागि काठमाडौ लैजान हेलिकप्टरको प्रबन्ध गरिरहेको प्रहरीले जनाएको छ ।

