टाेखामा नेपालभाषा शिक्षणका लागि प्रशिक्षक प्रशिक्षण सुरु
काठमाडौ,फागुन ८ । टाेखा नगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको सामुदायिक स्कुलमा नेपालभाषा पठनपाठनका लागि आइतबारदेखि टाेखा नगरपालिका वडा ननम्बर ३ को सभाहलमा शिक्षकलाई प्रशिक्षण सुरुवात गरेको छ ।
५ दिनसम्म चल्ने नेपाल भाषा शिक्षणका लागि प्रशिक्षक प्रशिक्षणको शिक्षा युवा तथा खेल शाखा टाेखा नगरपालिकाको आयोजना र मातृभाषा संरक्षण अभियान तोखाको प्राविधिक सहकार्यमा टाेखा नगरपालिका वडा नम्बर २ र ३ का संस्थागत एवं सामुदायिक स्कुलमा स्थानीय विषय नेपालभाषा विषय पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि टाेखा नगर उप प्रमुख ज्ञानमाया डंगाेलले उद्घाटन गरेकी हुन ।
कार्यक्रम टाेखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।कार्यक्रममा
मातृभाषा संरक्षण अभियान तोखाका अध्यक्ष श्रीकृष्ण मानन्धर , टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी , टाेखा नगरपालिका वडा नं ३ का सदस्य हरिमान श्रेष्ठ
टाेखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम लगायतले नेपाल भाषाको महत्त्व वारे प्रकाश पार्दै शुभकामना मन्तव्य गरेका थिए ।

