कोहलपुरमा ट्रक पल्टिदा च्यापिएर डिउटीमा रहेकी महिला प्रहरी कविताको मृत्यु
बाँके,फागुन ९ । कोहलपुर चौराहामा ट्रक दुर्घटना हुदा च्यापिएर महिला प्रहरी जवानको मृत्यु भएको छ । आइतबार राती ९ः४३ बजेको समयमा सम्सेरगञ्जबाट अम्बे स्टिल नेपालगञ्ज तर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक सडकको दक्षिण तर्फको किनारमा ठक्कर खाई अनियन्त्रीत भइ दुर्घटना भएको थियो । कोहलपुर ११ स्थित डिभाइडरमा ठोक्किएर पल्टना जाँदा पश्चिम सडक छेउमा डिउटीमा रहेकी महिला प्रहरी जवानको च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान ३६ वर्षिय कविता बुढाक्षेत्री रहेकी छिन । उनको घर बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका वडा नं.७ मा रहेको इप्रका कोहलपुरले जनाएको छ ।
प्रहरीका अनुसार, ट्रक ओभार स्पिड र मापसे सेवन गरी ट्रक चलाएको हुनाले दुर्घटना भएको हो । ट्रक चालक बबइ गाउँपालिका ६ दाङका लोकराज केसीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

