३६ जना चिनियाँ नागरिक बानेश्वरबाट पक्राउ
काठमाडौं, फागुन १० । मंगलबार ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति काठमाडौँको पुरानो बानेश्वरबाट चिनियाँ नागरिकहरु पक्राउ परेका हुन् । चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप लागेको भएपनि पुष्टि भने नभएको प्रहरीले जनाएको छ ।
चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो।

