चर्चित कलाकार जयनन्द लामाको निधन



काठमाडौं,फागुन ११ । वरिष्ठ कलाकार जयनन्द लामाको निधन भएको छ । लामाको बुधबार बिहान भक्तपुर लोकन्थलीस्थित घर नजिकै निधन भएको हो । यद्यपि निधनको कारण भने खुलेको छैन ।

घटनास्थलमा अहिले प्रहरीले घेरा हालेको छ । स्थानीय जम्मा भएका छन् । पारिवारिक स्रोतका अनुसार बुधबार बिहान घरको गेट नजिक आफ्नै गाडी छेउमा लडिरहेको अवस्थामा मृत भेटिएका हुन् ।

‘मंगलबार घर बाहिर जानुभएको थियो । अबेरसम्म नफर्किनुभएपछि आज बिहान खोज्न निस्कँदा बुबा घरको गेट नजिक लडिरहेका रहेछ’, उनको छोरालाई उद्धृत गर्दै आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्