प्रहरी र तस्करबीच दोहोरो फायरिङ, एकको मृत्यु



काठमाडौं,फागुन १२ । प्रहरी र तस्करबीच दोहोरो फायरिङ भएको छ । नेपालबाट भारततर्फ गाँजा लैजादै गरेको सूचना पाएपछि सिम्रौनगढस्थित ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो। बुधबार रातीको समयमा गाँजा लिएर तस्करको समूह महुवानी आएपछि दोहोरो फायरिङ भएको हो ।

प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उक्त समूहले गोली चलाएको र प्रहरीले जवाफी कारवाही गरेको प्रहरी प्रवक्ता राजेश थापाले बताए । प्रहरीमाथी गोली चलाएर भाग्न खोजेका उनीहरुमध्ये दुईजनालाई प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो ।

घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान भने खुलेको छैन् । घटनामा संलग्न भारत मोतिहारीका ४० वर्षीय हिरदेश गिरी प्रहरी नियन्त्रणमा छन् । उनीहरुको साथबाट प्रहरीले ७५ केजी गाँजा समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्