आज एमसीसीमाथि छलफल नहुने, वैठक स्थगित



काठमाडौं,फागुन १२ । बिहीबार दिउँसोका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको छ ।

बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रमुख प्रतिपक्ष दल एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको थियो ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउासो १ बजेसम्मका लागि स्थगित गरिएको हो । संसद् सचिवालयले केही बेरमा सूचना टाँसेर बैठक स्थगित गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्