रुकुम पूर्वमा टिपर दुर्घटना : दुईको मृत्यु, दुई जना घाइते



रुकुम पूर्व,फागुन १२ । रुकुम पूर्वको भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे – ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका छन् ।

उनीहरुको उपचारका क्रममा जिल्ला प्रहरी कार्यालयका रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिनुभयो। यस्तै घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका– ५ का २३ वर्षका रामआशिष चौधरी रहेका छन् ।

निरीक्षक बाँनियाका अनुसार उनीहरु लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत रहेका थिए। सोही कन्स्ट्रक्सनकै बा २ क ७०१८ नम्बरको रहेको टिपरले ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भई पल्टिँदा उनीहरुलाई किचेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्