नुवाकोट पञ्चकन्याको मंगलादेवी माध्यमिक विद्यालयको सुविधासम्पन्न भवन हस्तान्तरण



नुवाकोट,फागुन १२ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको मंगलादेवी माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ ।

बिहीबार एक समारोहबीच संघीय सांसद तथा पूर्वमन्त्री हितबहादुर तामाङको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो ।

महाभूकम्प २०७२ मा विद्यालयको भवन क्षतिग्रस्त भएपछि एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार डिआरएसपीमार्फत सो भवन पुनर्निर्माण भएको भवनका इन्जिनियर राजेन्द्र श्रेष्ठले बताए ।

इन्जिनियर श्रेष्ठका अनुसार कुल ३ करोड १९ लाखमा निर्माण भएको सो विद्यालय भवनमा विल्डिङ १, शौचालय १, पिउने पानी १, फर्निचर १, कम्पाउण्ड १ गरी विभिन्न भागमा निर्माण भएको हो ।

भवन हस्तान्तरण समारोहमा पुर्वमन्त्री तामाङसहित गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष सीता पराजुली, स्थानीय अगुवा युवा छिरिङ तामाङ लगायतको उपस्थिति रहेको थियोे ।

हेरौ विद्यालयको नयाँ संरचना

प्रतिक्रिया दिनुहोस्