एमसीसीको बिरोधमा नुवाकोटको छहरे बजारमा प्रदर्शन



नुवाकोट,फागुन १४ । नुवाकोटका युवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता खारेजीको माग गर्दै जिल्लाको छहरे बजारमा बिरोध प्रदर्शन गरेका छन् ।

स्थानीय युवा समूह नवराज थापा, प्रकाश डङोलसहित नागरिक समाजको नेतृत्वमा सो प्रदर्शन भएको बुझिएको छ । प्रदर्शनकारीले देश बेच्न पाईंदैन एमसीसी चाहिँदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भूमि बेच्न पाईंदैन, नो एमसीसी लगायत नाराबाजी गरेका छन् ।

छहरे बजार क्षेत्रमा नारावाजी गर्दै युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण टोखा-छहरे तथा मध्य पहाडी मार्ग हुँदै सञ्चान हुने सवारी आवगम समेत प्रभावित भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्