युवा संघ नेपाल पाल्पाको अध्यक्षमा आचार्य चयन
पाल्पा,फागुन १४ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाल्पाको अध्यक्षमा बिष्णु आचार्य चयन भएका छन । तानसेन नगरपालिकाको सभाहलमा शुक्रवार सम्पन्न संघको नवौं अधिबेशनले थापाको नेतृत्वमा ६१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
जसको उपाध्यक्षमा कृष्ण कार्कि र सचिवमा बिजय रानाभाट चुनिएका छन। उपसचिवमा निर्मल न्यौपाने , भेस बहादुर गाहा र कोषाध्यक्षमा सुधीर भट्टराई चयन भएको लुम्बिनी प्रदेश सह इन्चार्ज तुल बहादुर अधिकारीले कामना डेलीलाई जानकारी दिए ।
अधिवेशनको उद्धाटन सत्रमा बोल्दै युवा संघका केन्द्रिय अध्यक्ष किरण पौडेल,एमाले केन्द्रिय सदस्य ठाकुर गैरे लगाएतका नेताहरुले युवाहरू देशका खम्बा भएकाले बेथिति र अन्यायका विरुद्ध डटेर लड्नु पर्ने बताए ।

