सिन्धुपाल्चोकमा बस दुर्घटना : १२ घाइते, तीनको अवस्था गम्भीर



सिन्धुपाल्चोक,फागुन १४ ।  सिन्धुपाल्चोकमा यात्रुवाहाक बस दुर्घटना भएको छ । बस दुर्घटनामा १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको  हेलम्बु यातायातको बा २ ख ६५८८ नम्बरको बस इन्द्रावती गाँउपालिका–११ मा दुर्घटना भएको हो ।

दुर्घटनामा १२ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते भएका तीन जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घाइतेको बोडगाउँ मेडिकल सेन्टरमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्