बलात्कार मुद्दामा नायक पल शाह पक्राउ



काठमाडौं,फागुन १५ । नायक पल शाहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई आइतबार पक्राउ गरेको हो ।

एक गायिकाले शाहविरुद्ध बलात्कार मुद्दामा किटानी जाहेरी दर्ता गराएकी थिइन् । तनहुँ प्रहरीले पक्राउबारे पुष्टी गरिसकेको छ । 

स्रोतका अनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए । काठमाडौंमा युट्यूवरले तमासा गर्ने भएकाले पलले जाहेरीस्थल जिल्ला प्रहरी कार्यालय तनहुँमै पक्राउ दिन चाहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्