नवलपरासीमा ९ लाख बढीको अबैध स्याउ नियन्त्रणमा



नवलपरासी,फागुन १६ । नवलपरासी पश्चिममा प्रहरीले ९ लाख ३२ हजार ९ सय ५० मुल्य बराबरको अबैध स्याउ नियन्त्रणमा लिएको छ ।

शनिबार प्रतापपुर गाउँपालिका वडा नं २ गोपीगंज स्थितबाट दक्षिणतर्फ जादै गरेको लु १ ख ९८१७ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा ३९७ कार्टुन ७९४० केजी अबैध स्याउ ईलाका प्रहरी कार्यालय सेमरीबाट प्रहरी नायब निरिक्षक सहित र सशस्त्र प्रहरी निरिक्षक सहित खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको स्याउ सहित ट्रकलाई आवश्यक कार्यवाहीको लागी राजस्व अनुसंधान कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता प्रेम बहादुर शाही जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्