नेपालगन्ज विमानस्थलबाटै बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ
काठमाडौं,फागुन १६ । बलात्कारको आरोप लागेका नेकपा (एमाले) का नेता तथा मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन् ।
जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्कविहीन भएका बानियाँ आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिएका छन् ।
डीएसपी मधुसूदन न्यौपानेले भने, ‘पूर्वमन्त्रीसमेत रहेका सांसद बानियाँलाई नेपालगन्ज विमानस्थलबाट पक्राउ गरिएको छ । आज रात्रि करीब ८ बजे पक्राउ गरीएको र भोली सार्वजनिक विदा भएका कारण बुधबार अदालतबाट म्याद थप गरेर कारवाहि प्रक्रिया अगाडि बढाउँछौं ।’ उनले भने, ‘म आफैं आउँछु भन्नुभएको थियो आउने बेला जानकारी दियो हामीले विमानस्थलबाट नियन्त्रण लियौं ।’

