भोलि सार्वजनिक बिदा



काठमाडौं,फागुन १८ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिहीबार बिदा हुने भएको छ । 

गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले जनाएका छन् । 

सरकारले यसअघि सबैखाले ल्होसारमा बिदा दिँदै आएको थियोे । 

प्रतिक्रिया दिनुहोस्