प्यूठानमा चालकसँग ट्राफिक प्रहरी कार्यक्रम सञ्चालन



प्युठान,फागुन १९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले चालकसँग ट्राफिक प्रहरी अभियान शुरु गरेको छ  ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले  ट्राफिक प्रहरीले अभियान थालेको हो।बिहिबार प्यूठानका देविस्थान , विजुवार र बाग्दुलामा  ट्राफिक प्रहरीले सचेतना कार्यक्रम गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रमुख मधु थापाले जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवारी चालकलाई ट्राफिक संकेत, लेन अनुशासन, जथाभावी पार्किङ लगायत ट्राफिक नियम र कानुनी कार्वाही बारेमा सचेतनामूलक जानकारी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्