समयमा निर्वाचन गर्न उपाध्यक्ष नेम्वाङको आग्रह



काठमाडाैँ,फागुन २१। नेकपा (एमाले)का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गरेका छन् । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको शनिबार आयोजित प्रथम संयुक्त अधिवेशनको उद्घाटन गर्दै उनले तोकिएको समय (वैशाख ३०) गते नै स्थानीय तहको निर्वाचन गर्न माग गरे ।

उपाध्यक्ष नेम्वाङले निर्वाचनमा गएर राजनीतिक दललाई जनताले दूधको दूध र पानीको पानी छुट्याउन दिनुपर्ने बताए । उनले संविधान अनुसार अब तीनै तहको निर्वाचनमा होमिनुको विकल्प नरहेकोसमेत बताए ।

कार्यक्रममा एमाले बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले पत्रकारले सत्य–तथ्य र निष्पक्षताका आधारमा जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताए । कार्यक्रममा प्रेस चौतारी नेपालको बागमती प्रदेशभित्रको चितवन शाखालाई उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरिएको छ ।

कार्यक्रममा चौतारीका पूर्व अध्यक्ष गगन विष्ट, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष टीका विष्ट, गणेश पाण्डे, महासचिव राजेश राई, उपमहासचिव हीरामान लामा, उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, प्रतिष्ठानका इञ्चार्ज हरिबल्लभ नेपाल, एशोसिएट प्रदेशका इञ्चार्ज रामेश्वर कार्कीलगायतले महाधिवेशनपछि चौतारीले वैचारिक, व्यावसायिक र साङ्गठनिक क्षेत्रमा सक्रियता अपनाउने बताए ।

प्रेस चौतारी नेपालको एशोसिएट प्रदेशको अध्यक्षमा श्रीहरी थापा सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा सम्पन्न प्रेस चौतारी नेपालको एशोसिएट प्रदेशको पहिलो अधिवेशनबाट थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै एशोसिएट प्रदेशका उपाध्यक्षमा श्याम सुन्दर पुडासैनी र सुरक्षा भट्टराई, महासचिवमा रघुनाथ सापकोटा, सचिवमा मनोज न्यौपाने र विक्रम सुनार र कोषाध्यक्षमा पुजा ढकाल पवित्रा चयन भएका छन् । 

प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशले विधागत १४ शाखाहरुमा पनि नेतृत्व चयन गरेको छ । चलचित्र पत्रकारमा अध्यक्ष मनिश अञ्जान दाहाल, नेपाल पत्रकार मञ्चमा अध्यक्ष सरस्वती गौतम, पर्यटन पत्रकारमा अध्यक्ष नवराज भण्डारी, अनलाईन टिभी पत्रकारमा संयोजक पवल फुयाँल, पत्रकारिता विकास समाजमा संयोजक सुप्रिया मुडभरी, खेलकुद पत्रकारमा संयोजक सुजन श्रेष्ठ, आर्थिक पत्रकारमा संयोजक सुजन ढुंगाना, शिक्षा पत्रकारमा संयोजक भोलादीप तिमल्सिना, वातावरण पत्रकारमा संयोजक बिगेन तुलाधार, फोटो पत्रकारमा संयोजक सालिकराम तिवारी, अनलाईन पत्रकारमा संयोजक प्रवेश सुवेदी, समिक्षक समाजमा संयोजक विष्णु शर्मा र स्वास्थ्य पत्रकारमा संयोजक बिन्दु अधिकारी चयन भएका छन् ।

कार्यक्रममा प्रेस चौतारी बागमतीका ईन्चार्ज एंव केन्दी्रय उप महासचिव हिरामान लामा, उपत्यका ईन्चाज प्रकाश सिलवाल, एशोसिएट ईन्चार्ज रामेश्वर कार्की र प्रतिष्ठान ईन्चार्ज हरि बल्लभ नेपालले प्रदेशको तर्फबाट धारणा राखेका थिए ।

यस्तै एशोसिएट प्रदेशका अध्यक्ष समिर बलामीले संचालन गरेको कार्यक्रममा उपत्यकाका अध्यक्ष हेमराज सिलवालले अध्यक्षता, बागमतीका अध्यक्ष सरद सापकोटाले स्वागत र प्रतिष्ठानका अध्यक्ष मोहन बाँस्तोलाले धन्यवाद ज्ञापन मन्तव्य राखेका थिए ।

कार्यक्रममा एमाले बागमतीका अध्यक्ष केशव पाण्डे, एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला, प्रचार विभागका सदस्य उजिर मगर, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट, पूर्व महासचिव प्रमोद दहाल, प्रेस चौतारीका पदाधिकारीहरु माधव नेपाल, गणेश पाण्डे, टीका विष्ट, सईन्द्र राई, राजेश राईलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्