युट्युव च्यानलको इजाजतपत्र अनिवार्य, दर्ता शुल्क पाँच लाख
काठमाडौं, फागुन २२ । सरकारले युट्युव च्यानलका अलावा इन्टरनेटबाट प्रसारण हुने कुनैपनि च्यानलको इजाजतपत्र अनिवार्य गरेको छ ।
अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरी इजाजतका लागि ५ लाख रुपैयाँ लाग्ने समेत उल्लेख गरेको छ । राष्ट्रिय प्रसारण नियमावलीमा ११औं संशोधनमार्फत् अनिवार्य गरेको हो ।
सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयले संशोधन गरेको नियमावलीले इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन अनिवार्य गरी कानूनी दायरामा ल्याएको हो । अब युट्युवलगायत इन्टरनेटमार्फत् नियमित रुपमा श्रव्य दृश्य प्रसारणलाई अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरेको छ ।

