नेकपा एमाले नुवाकोट-काठमाडाैँ सम्पर्क मञ्चको अध्यक्षमा पुनः उत्तम तिमल्सिना



काठमाडाैँ,फागुन २३ । नेकपा एमाले नुवाकोट काठमाडाैँ सम्पर्क मञ्चको अध्यक्षमा पुनः उत्तम तिमल्सिना चयन भएका छन ।

शनिबार काठमाडाैँमा भएको अधिवेशनबाट तिमल्सिनाको अध्यक्षतामा ४१ सदस्यीय मञ्चको नयाँ कमिटी चयन भएको छ ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले उद्घाटन गरेको अधिवेशनबाट उपाध्यक्षमा गुनु खनाल र कृष्ण तामाङ, सचिवमा मोदनाथ रिमाल, सहसचिवमा चन्द्रिका रिमाल न्यौपाने र कोषाध्यक्षमा पुष्प रिमाल चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्