नुवाकोट लिखुमा आयोजित वक्तृत्वकला प्रतियोगितामा लक्ष्मी ढकाल प्रथम, सम्झना पाण्डे दोस्रो



नुवाकोट, फागुन २४ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लिखु गाउँपालिकामा आयोजित कार्यक्रममा लक्ष्मी ढकाल प्रथम भएकी छिन।

लिखु गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा आयोजित उक्त वक्तृत्वकला प्रतियोगितामा दोस्रो स्थान सम्झना पाण्डेले जितेकी छन् । ढकाल र पाण्डे दुबै महेन्द्रमहेशदेव विद्यालयका शिक्षिका हुन।

त्यस्तै तेस्रो स्थान नारायणी लामिछानेले जितेकी छिन । ११२ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा “सामाजिक न्याय प्रवर्द्धनका लागि लैंगिक समानता” विषयक वक्तृत्वकला प्रतियोगितामा सान्त्वना स्थान सोबिता परियारले हात पारेकी छन् । प्रतियोगितामा १८ वर्ष नाघेका ९ जना महिलाको सहभागिता रहेको थियोे । विजेतालाई लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा लिखु गाउँपालिकाका वडागत प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्