जलवायु परिवर्तन न्यूनीकरण नीति सरकारको प्राथमिकतामा : प्रम देउवा



सोलुखुम्बु,फागुन २५। प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा ‘साथसाथै’ नामक संस्थाको मुख्य आयोजनामा सगरमाथाको कालापत्थर क्षेत्रमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले विभिन्न विपद् निम्त्याएको अवस्थामा नेपाल सरकारले जलवायु परिवर्तनका असर नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गर्नुभएको हो ।  

‘विश्व तापमानमा आएको वृद्धिले हाम्रा हिमाल पग्लिँदै गएका छन्, बेमौसमी वर्षाजस्ता विपद्ले कृषि र जनजीवनमा ठूलो क्षति पुर्‍याएको छ, हामीले यी सबै समस्याका बारेमा हालै जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा पनि आवाज बुलन्द गरेका छौं,’ उहाँले भन्नुभयो, ‘यसको समाधानमा सबैको प्रयत्न आवश्यक छ ।’

सरकारले सबै मन्त्रालयगत नीतिमा पनि जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी उनले दिए । सरकारको यस प्रयासमा ‘साथसाथै’को प्रयास पनि प्रशंसनीय रहेको उल्लेख गरे ।

मार्च ८ अर्थात् अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा उक्त संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तरराष्ट्रिय संस्थाको सहयोगमा कालापत्थरमा विशेष कार्यक्रम गरिएको हो । विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौंदेखि १३ दिने पदयात्रा शुरू गरी कालापत्थर क्षेत्रमा विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरिएको छ ।

संस्थाका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले बढी प्रभावित क्षेत्र हिमालयको कालापत्थरमा जलवायु परिवर्तन र महिला न्यायका विषयमा सरोकारवाला निकाय, वातावरणविद्, अनुसन्धानकर्तालगायत विश्वको ध्यानाकर्षण गराउन अभियान प्रारम्भ गरिएको जानकारी दिइन् । ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ मूल नाराका साथ प्रारम्भ गरिएको अभियानका क्रममा जलवायु परिवर्तनले विशेषगरी महिलाको जनजीवनमा पारेका प्रभाव र त्यसमा न्याय खोज्न हुनुपर्ने पहलका बारेमा समेत पहल गरिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्