गाउँबाट युवा पलायन रोक्न ‘कृषि पर्यटन विकास’



पर्वत,फागुन २५ । रोजगारीका लागि प्रवासमा गएका नेपालीहरूको संस्था चार भञ्ज्याङ तमु समाज बेलायतले पर्वतमा कृषि पर्यटन विकासको काम थालेको छ । जिल्लाको चार भञ्ज्याङ क्षेत्रको रूपमा परिचित फलेवास नगरपालिकाका वडा नं ८ र ९ र महाशिला गाउँपालिकाका केही क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरिएको हो ।

शिक्षा, स्वास्थ्य, कृषि, वातावरण र पर्यटनलगायत विषयलाई अवधारणाको रूपमा अघि सारेर अभियान सञ्चालन गरेको चार भञ्ज्याङ तमु समाजले परियोजना नै निर्माण गरेर कार्यान्वयनमा ल्याएको छ । गाउँ बस्ती शहरीकरणको खोजीमा खाली हुँदै गएपछि गाउँवासीलाई गाउँमै रमाउने बनाउने मुख्य उद्देश्यले नयाँ अवधारणा अघि सारिएको तमु समाज बेलायतका अध्यक्ष मदन गुरुङले जानकारी दिए । यसअघि विद्यालयका जीर्ण भवन निर्माण गर्ने र अत्याधुनिक प्राविधिक शिक्षा सञ्चालनका लागि समेत सहयोग गरिसकेको स्मरण गराउँदै उनले पर्वतमै पहिलोपटक परियोजना अन्तर्गत टेलिमेडिसिन सेवा सञ्चालन गरेको बताए । समाजको पहलमा निर्माण भएको टेलिमेडिसिनमा अहिले दैनिक ५० देखि १०० सम्म बिरामीले सेवा लिइरहेका छन् ।

समाजका पूर्वअध्यक्ष चन्द्र गुरुङले गाउँको विकासका लागि आफूहरूले गाँस काटेर जम्मा गरेको रकम र विभिन्न प्रतियोगितामा सहभागी भएर प्राप्त पुरस्कार रकम समेत परिचालन गरेर गाउँको विकासमा लगानी गरिएको बताए । फलेवास नगर प्रमुख पदमपाणि शर्माले चार समाज, फलेवास र महाशिलाका विभिन्न वडामा सञ्चालन गरेका कार्यक्रमले समुदायका विपन्न वर्गले प्रत्यक्ष सेवा पाएको बताए ।

फलेवासका वडा नं ८ र ९, महाशिला–६ र ५ मा स्थायी घर भई हाल विदेशमा रहेका गुरुङ समुदायले आफ्नो गाउँको विकास र समृद्धिका लागि तमु समाजमार्फत विभिन्न सामाजिक कार्य सञ्चालन गर्दै आएका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्