यात्रुको विश्वास गुमाउँदै शिवपुरी यातायातको टाटा सुमो



नुवाकोट,फागुन २५ । जिल्ला आवतजावत गर्न कुनै समय भरपर्दो सवारीसाधनका रुपमा चिनिएको शिवपुरी यातायातको टाटा सुमोले पछिल्लो समय यात्रुको विश्वसनीयता गुमाउन थालेको छ ।

काठमाडौं उपत्यकामा सञ्चालन हुँदै आएको ‘पठाओ’ सेवाले झैं नुवाकोट छहरे-टोखा हुँदै छिटोछरितो सेवा प्रदान गर्दै आइरहेको शिवपुरी यातायातका साना सवारीसाधन सहि ब्यवस्थापन नहुदा यात्रु बीच पाएको माया गुमाउन थालेको हो । अन्य सवारीसाधनको भाडादरभन्दा दोब्बर महङ्गो भएपनि सिमित यात्रु तथा अत्यावश्यक परेका यात्रुले रुचाएको शिवपुरी यातायातका २३ वटा सुमो हाल संचालनमा रहेका छन् ।

तर सिमित सवारीले मात्र नियमगत चल्दा प्रतिस्पर्धा भन्दा अस्तित्व नै गुम्ने खतरा बढेको शिवपुरी यातायातको एक सवारी चालकले बताए । उनले रुटगत कुन गाडी कुन समय गुड्ने जस्ता सामान्य समय सिमा नतोकिदा सवारीसाधन व्यवस्थापनमा समिति चुकेको बताए ।

टाटा सुमो सामाखुसी चोकमा जम्मा हुने र यात्रु भरेर आफूखुशी दौडिदा यस यातायातले सुरुका दिनमा पाएको यात्रुको माया घट्दै गएको उनले बताए । उनले रुटगत यतिबजे निम्न गाडी छुट्ने भन्ने ब्यवस्थापन नभएसम्म न चालकले अपेक्षित सहयोग दिन सक्छ, न व्यवसायीले लिन । नियमित यस् सवारीसाधन प्रयोग गर्दै आइरहेकी शिक्षिका पुजा खड्काले सुरुको झैं शिवपुरी यातायातले दिएको सुविधा सोचेजस्तो नपाएको अनुभव सुनाइन् ।

शिक्षिका लामा (खड्का)ले फोनको भरमा बुकिङ सहयोग समेत दिने गरेको टाटासुमोले बीच बाटोमै अरु यात्रु पाएपछि बुकिङ सेवा लिएका यात्रुलाई वेवास्ता गर्ने गरेको बताइन् । अगिल्लो पंक्तिमा समेत यात्रु कोचेर राख्दा टाटा सुमोबाट पछिल्लो समय सर्वसुलभको अनुभूति समेत गर्न छोडेको उनले बताइन् ।

टाटा सुमो सवारी चालक देव लामाले इन्धनको बढ्दो मूल्यका कारण यात्रु विना सवारी चलाउनै नसकिने बताए । उनले यात्रुको जनगुनासोका आधारमा सेवा चुस्त राख्न सो समितिले पहल गर्नुपर्ने बताए । यद्यपि सवारीसाधनमा एकरुपता ल्याई यति बजे फलानो गाडी छुट्ने टाइम उल्लेख गरेको खण्डमा मात्र पनि यात्रुको अव्यवस्थित सेवा चुस्त राख्न सकिने बताए । आफ्नो सम्पर्क र वर्चस्व बीच महङ्गो भाडादर, समितिको अव्यवस्थित प्रतिस्पर्धा जस्ता कुराले शिवपुरी यातायातले अस्तित्व गुमाउँदै जाने यात्रुहरुको जनगुनासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्