प्रधानमन्त्री देउवा नुवाकोट आउदै



नुवाकोट,फागुन २५ । प्रधानमन्त्री शेरबहादुर देउवा नुवाकोट आउने भएका छन् ।

देउवा जिल्लाको दुई गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन गर्न नुवाकोट आउने भएका हुन् । फागुन ३० गते तादी गाउँपालिका र किस्पाङ गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटनको लागि प्रधानमन्त्री देउवा नुवाकोट आउने तयारी गरिएको श्रोतले जनाएको छ ।

एकै दिन दुवै पालिकाको भवन उद्घाटन गरिने भएको हुदाँ दुवै गाउँपालिकाले कार्यक्रममा सहभागी हुन सम्पूर्ण जिल्लावासीलाई अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्