नुवाकोटमा पुनः प्याराग्लाईडिङ सञ्चालनको तयारी



नुवाकोट,फागुन २७ । नुवाकोटमा पुनः प्याराग्लाईडिङ सञ्चालनको तयारी गरिएको छ । आउँदो चैत महिनाको पहिलो हप्तान्त देखि प्याराग्लाईडिङ सञ्चालन हुन लागेको नेपाल प्याराग्लाईडिङ एसोसिएसनका निराजन घिमिरेले बताए ।

घिमिरेका अनुसार बीचमा कोभिडका कारण बन्द भएको प्याराग्लाईडिङ सञ्चालनमा आउन लागेको हो। साहसिक यात्राको रुपमा लिइने प्याराग्लाइडिङ शिवपुरी गाउँपालिकाको पर्यटकीय स्थान सुइँरे चौरबाट लिखु गाउँपालिकाको छहरे बजार नजिकै अवतरण गर्ने गरिएको थियोे । कोरोना संक्रमण वृद्धिसंगै रोकिएको फ्लाइट चैतदेखि निरन्तरता दिन लागिएको सो एसोसिएसनले साझापथसंगको कुराकानीमा बताएको छ। यससंगै स्थानीय तथा आन्तरिक पर्यटन व्यवसाय उकासिने एसोसिएसनले जनाएको छ ।

प्रतिव्यक्ति ६ हजार रुपैयाँमा फ्लाइट गर्दै आएको एसोसिएसनले दैनिक दुई चरणमा उडान गर्ने गरेको थियोे ।त्यसो त स्थानीय थप एक निजि कम्पनीले पनि सोही स्थानबाट उडान भर्ने तयारी गरेको एसोसिएसनले जनाएको छ। उडानका लागि प्याराग्लाईडिङ एसोसिएसनले सन २०१९ मै सरकारबाट स्वीकृति प्राप्त गरिसकेको छ।

सोह्र वर्षकै उमेरमा प्याराग्लाईडिङ पाइलट

‘जहाँ इच्छा त्यहाँ उपाय ‘ भने झै इच्छा शक्ति भएको मानिसले ढिलोचाडो कुनै पनि काममा सफलता पाएरै छोड्छ्न । मानव सभ्यतालाई हेर्ने हो भने पनि वर्षौं अघिदेखि यस पृथ्वीमा संघर्षरत मानिस प्रकारणन्त एक सभ्य जीवका रूपमा गनिएको छ । यस्तै दर्विलो इच्छाशक्तिले सफल भएकी छिन बिबि तामाङ ।

बिबि अहिले २० वर्ष लागिन । उनी सोह्र वर्षमा नै प्याराग्लाईडिङको पाईलट बनेकी हुन । सुरुमा खेलकुद तथा संगीतमा अभिरुचि राखेकी बिबिले जब नेपालको विभिन्न क्षेत्रको आकाशमा साहसीक प्याराग्लाईडिङ उडान सुरु गरिन तब उनको आफन्त,परिवारजन तथा साथीभाईमा चर्चा पाउन थालिन।

हँसिलो मंङगोलियन चेहरामा थप मुस्कान थप्दै बिबिले भनिन, ‘मलाई बुबाले तेक्वान्दो खेल खेल्न अभिप्रेरित गर्नुभएको थियो तर म सोच्दै नसोचेको प्याराग्लाईडिङ् मा साइनो गास्न आइपुगे । प्याराग्लाईडिङ प्रतिको आकर्षित गर्ने कुरा उनकै बुबाको साथी निरन्जन घिमिरेले गरेका रहेछन् । सुरुमा के कस्तो होला भन्ने उत्सुकता बिबिलाई नजागेको होइन जब निरन्जन सरको प्याराग्लाईडिङ सम्बन्धि सामान्य जानकारी पश्चात् उनी बाबू एडभेन्चर स्कुल प्रालिमा सुरुवाती कक्षामा प्रवेश गरिन, तब प्याराग्लाईडिङको सम्पुर्ण रहस्य खुलीहाल्यो त्यसपछि कुतुहलता,उत्सुकताका साथमा साहसीक यात्रा गर्न उनलाई कतिपनी बेर लागेन ।

साहासको लगाम कसिन अनि थालिन चरा झै सुन्दर डाडापाखा माथि उड्न,प्रकृतिको निर्वाध विचरण गर्न । बिकम संवत २०५६ सालमा ललितपुर महाकालमा माता लालिमाया तामाङ तथा पिता सनमान तामाङको कोखबाट जन्मिएकी हुन् । बिबिले सन २०१७ को जुनमा भर्ना भएर प्याराग्लाईडिङ पढ्न तथा सिक्न थालेको ५ महिनामा नै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक समेत हात पारिन । त्यतिमात्र कहाँ हो र? बिबिले २०१७ कै नोभेम्बरमा भएको खुल्ला अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ्ममा एक सफल प्याराग्लाईडरको रुपमा पनि नाम लेखाउन सफल भइन ।

त्यसै गरि फस्ट नेपाल प्याराग्लाईडिङ एक्वरेन्सी वल्ड कप २०१८ नोभेम्बरमा नेपालको प्रतिनिधित्व गर्दै बिबिले सहभागिता जनाईसकेकी छिन । अहिले नेपालमा प्याराग्लाईडिङले समेत राष्ट्रिय खेलको रुपमा आफ्नो स्थान पाइसकेको छ । बिबिले अहिले प्याराग्लाईडिङलाई नै व्यवसायीक देखेकी छिन।उनले प्याराग्लाईडिङ सम्बन्धि बाबू एडभेन्चर स्कुलबाट प्रार्थमिक उपचार कोर्स,उच्च स्थानबाट उडान सम्बन्धि कोर्स,त्रिकोणात्मक उडान,टेक्निकल रोप रेस्क्यु कोर्स,एडभेन्चर कोर्स,प्रोफेसनल टेन्डम एड्भेन्चर कोर्स लगायत प्याराग्लाईडिङमा आवश्यक सम्पुर्ण कोर्स पूरा गरिसकेकी छिन ।

अहिले बिबि सरकारी मान्यता प्राप्त प्रोफेसनल टेन्डम पाईलटको रूपमा स्थापित भई करियर अगाडि बढाउदै छिन ।यसरी नेपालमा बिल्कुलै नयाँ तथा साहसिक खेलमा लागी देशको नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन पाउँदा आफुलाई गर्व महसुस भएको बताउछिन् ।

प्याराग्लाईडिङ एकप्रकारको साहसिक यात्रा समेत भएकोले अझै आफुले धेरै कुरा सिक्न बाकी रहेको उनले बताईन । त्यसो त प्याराग्लाईडिङ अहिले नेपालमा एकप्रकारको साहसिक रमाइलो खेलको रुपमा बिकसित भैरहेको छ । जुन हावाको चापमा उच्च उचाईसम्म पुगी आकाशराखेकी बिबिले जब नेपालको विभिन्न क्षेत्रको आकाशमा साहसीक प्याराग्लाईडिङ उडान सुरु गरिन तब उनको आफन्त,परिवारजन तथा साथीभाईमा चर्चा पाउन थालिन ।

प्रतिक्रिया दिनुहोस्