एमसीसी सैन्य सम्झौता होइनः गृहमन्त्री खाण, ‘बिजुलीको तारबाट सेना आउँदैन, बिजुली नै आउँछ’



काठमाडौं,फागुन २८ । गृहमन्त्री बालकृष्ण खाणले बिजुलीको तारबाट बिजुलीनै आउने भन्दै बिजुलीको तारमा सेना नआउने बताएका छन् ।
 
नेपाल निर्माण व्यवसायी महासंघको १२ औं अधिवेसन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले एमसीसी कुनै सैन्य सम्झौता नभएको र यो विशुद्ध विद्युत तथा सडकका लागि पूर्वाधार बनाई आर्थिक गतिविधि बढाउने प्रस्ताव रहेको बताएका हुन् । 

‘एमसीसी कुनै सैन्य सम्झौता होइन । बेरोजगारी निवारणका लागि नेपालमा आर्थिक गतिविधि बढाउने, भौतिक पूर्वाधारको निर्माणमा तिब्रता ल्याउने, खास गरेर सडक विस्तारका लागि विद्युतको ट्रान्समिसन लाइनहरु तानेर उत्पादनको सम्मुखमा रहेका पावरहाउस र बिजुलीलाई जनताको घरदैलोमा पुर्याउने, बढी भएको बिजुलीलाई छिमेकी मुलुकहरूमा पुर्याएर विक्री गर्ने हो ।’ गृहमन्त्री खाणले भने ।

एमसीसीमार्फत निर्माण भएको विद्युत प्रसारण लाइनले नेपालको विद्युत निर्यात गर्न भूमिका खेल्ने भन्दै उनले नेपालले बेहोरिरहेको व्यापार घाटालाई केही भएनपनि नियन्त्रणमा ल्याउने दावी गरे । 

‘हाम्रो निर्यात व्यापारलाई प्रवर्द्धन गर्ने मूल उद्येश्यका साथ नै ल्याएको हो । बिजुलीको तारबाट कुनैपनि देशको सेना आउन सक्दैन, बिजुलीको तारबाट बिजुली नै आउँछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्