प्युठानमा ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

प्युठान,फागुन २९ । नेपाली कांग्रेसले प्युठानमा ‘घर–घर जाऔं, कांग्रेस जिताउ’ अभियान सञ्चालन गरेको छ । आगामी चुनावलाई लक्षित गर्दै अभियान थालिएको कांग्रेस प्युठानले बताएको छ । कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले आईतबार कालिका बिकास केन्द्रको सभाहल बिजुवारमा उद्घाटन गरि जिल्लामा अभियानको शुभारम्भ गर्नुभयो।
यो अभियान एक महिना सम्म चल्ने छ । अभियान अन्तर्गत प्युठानका ६४ वटै वडामा कांग्रेसका नेता कार्यकर्ता पुग्ने छन। अभियान सफल पार्न जिल्लाका प्रत्येक वडामा प्रतिनिधि खटिएको जिल्ला उप-सभापति देवेन्द्र ब्रहमाले जानकारी दिए।
प्रतिनिधिहरु वडा र टोलटोलमा पुगेर कांग्रेसको पक्षमा कार्यकर्ताहरुमा उत्साह भर्ने काम गर्ने उद्देश्य पार्टीले लिएको छ । ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन सभा गर्दै कांग्रेसले यो अभियान थालेको हो ।