नुवाकोटमा नेपाली काङ्ग्रेसको गाउँ जागरण अभियान तिब्र

नुवाकोट,फागुन ३० । नेपाली काङ्ग्रेसको राष्ट्रिय रुपमा थालिएको गाउँ जागरण अभियानले नुवाकोटमा तिव्रता पाएको छ । नुवाकोटको विदुरबाट आइतबारदेखि सुरु गरेको अभियान जिल्लाका १२ वटै स्थानीय तहमा चल्ने नेपाली काङ्ग्रेस नुवाकोटले जनाएको छ ।
हालसम्म विदुर नगरपालिका, लिखु गाउँपालिका,शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका लगायत क्षेत्रमा तत्काल सो कार्यक्रम अगाडि बढाइएको नेपाली काङ्ग्रेस नुवाकोट जिल्ला सभापति रमेशकुमार महतले बताए । कार्यक्रम सुरुवातमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मदन अमात्यको प्रमुख आतिथ्यता रहेको थियोे । त्यस्तै विशेष अतिथि नेपाली काङ्ग्रेस नुवाकोटका पूर्व सभापति ध्रुव अधिकारी, नेता केदारनरसिंह केसी, प्रदेश स्वास्थ्य मन्त्री कल्पना नेपाली लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियोे ।
नुवाकोटमा नेपाली काङ्ग्रेस पार्टीको बलियो आधार खडा भैसकेको बताउँदै पार्टी अगाडि बढिसके नेपाली काङ्ग्रेस नुवाकोटले जनाएको छ । सबै स्थानीय तहमा वर्चस्व रहेको बताउदै नुवाकोटका सभापति रमेशकुमार महतले घरघरमा पुगी जनताको गुनासो हल गर्ने नेता महत बताउँछन् ।
जनताको घरमा घरमा सुखदुःख बुझी त्यसै अनुसार जनतामुखी कार्यक्रम तय गर्न लागिएको नेपाली काङ्ग्रेस नुवाकोटले जनाएको छ । कार्यक्रममा पार्टीका विशेष अथितीसंगै जिल्ला पार्टी सभापति, पुर्ब पार्टी सभापति लगायत सबै नेताकार्यकर्ता र पार्टी संगठनका प्रमुखहरु चुनावमा काङ्ग्रेस जिताउ अभियानमा तिव्रतापूर्वक खटिएका छन ।
त्यस्तै पछिल्लो समय सरकारमा विभिन्न क्षेत्रबाट नेपाली काङ्ग्रेसमा प्रबेश गरेको तथ्यांक समेत बढेर गएको छ । प्रबेश गर्नेहरु धेरै जसो युवा रहेका छन । जिल्लामा पार्टीको तहगत अगुवाई गर्ने लक्ष्य अगाडि बढिसकेको नेताकार्यकर्ताहरुले बताउदै आएका छन् ।