आर्थिक अभावले थलिएका युवकको गुल्मी अस्पतालले गर्यो निशुल्क उपचार



गुल्मी,फागुन ३० । गुल्मी जिल्ला सदरमुकाम तम्घास आर्थिक अभावमा उपचार नपाएर छटपटाई रहेका एक युवकको उपचार भएको छ । एक्कासी खुट्टामा घाउभई आर्थिक अभावमा उपचारमा नपाएर छटपटाइरहेका इस्मा गाउँपालिका वडानम्बर–५ का टोपबहादुर घर्तीको जिल्ला प्रशासन कार्यलय गुल्मीको समन्वयमा गुल्मी अस्पतालले निशुल्क उपचार गरेको हो ।

जिल्ला सदरमुकाम तम्घासमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका घर्ती एक्कासी खुट्टामा घाउभई आर्थिक अभावमा उपचारमा नपाएर छटपटाइरहेका थिए । उनलाई साहारा दिने घरमा कोही नभएकाले उपचारमा समस्या भएको थियो । ज्याला मजदुरीमा दैनीक बिताउदै आएका २६ बर्षिय टोप बहादुर घर्ती गुल्मी अस्पतालले निशुल्क उपचार गरेर जिवन दान दिएको छ । काम गरेर खाने उमेरमा उनको त्यो घाउले निकै चिन्ता थपिएको थियो ।

दैनिक ज्याला मजदुरी नगरेसम्म बिहान बेलुकी खर्च चलाउदै आएका थिए । घर्तीको एक्कासी जुत्ताले खुट्टामा सानो घाउ बनाएपछि ठूलो रुप ल्याएपछि समस्या आयो । सानो घाउमा धुलो सिमेन्टका कर्णहरु पस्दै गए त्यसपछि घाउले ठूलो रुप लिएको उनले बताए । खुट्टा सुनिदै गयो उनले भने, ‘घाउ पाक्दै जाँदा मासु खस्दै जान थाल्यो बल्ल उपचारमा आए’ ।

प्रतिक्रिया दिनुहोस्