मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



बुटवल,फागुन ३० । पाल्पाको तानसेन नगरपालिका ५, ढुङ्गाखानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तानसेन–तम्घास सडकखण्ड अन्तर्गत तानसेनबाट हार्थोक जाँदै गरेको लु १४ प ६८६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा रिब्दीकोट–४, भैरवस्थानका २० वर्षीय भरत गोदार रहेका छन् ।

सडकदेखि १५ मीटर तल मोटरसाइकलसहित खसेका गोदारको उपचारका लागि मिसन अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्