नुवाकोट तादी र किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

नुवाकोट,फागुन ३० । नुवाकोटको तादी र किस्पाङ गाउँपालिकाको प्रशासकिय भवनको सोमवार उद्घाटन गरिएको छ ।
दुबै पालिकाको प्रशासकिय भवनको सोमवार प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गरेका हुन् ।
सोमबार किस्पाङ गाउँपालिकामा विहान र तादी गाउँपालिकामा दिउँसो गरि छुट्टाछुट्टै रुपमा प्रधानमन्त्री देउवाले पालिकाहरुको नयाँ प्रशासकिय भवनको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले किस्पाङ गाउँपालिका विकटता भएपनि सुन्दर रहेको बताए । भारतबाट आयात हुने तरकारी तथा दूधजन्य पदार्थलाई विस्थापन गर्न नुवाकोटको कृषि खेतीले योगदान दिने बताए ।
फरक प्रसंगमा देउवाले एमाले नेता भीम रावलप्रति आक्रोश पोखेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरेकोप्रति देउवा उनीप्रति खनिएका हुन्।